पुस २९, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि सुरक्षा खतरा बढेको खुलेको छ । महानगरको सुरक्षा समितिले उनीमाथि सुरक्षा खतरा बढेको भन्दै दुई महिना पहिले पिएसओ माग गरेको खुलेको हो ।
बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले दुई महिनाअघि नै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेको बताए ।
“हाम्रो सुरक्षा समितिले दुई महिना पहिले पिएसओ माग गर्दै पत्र पठाएको थियो । तर गृहबाट जवाफ पाएका छैनौँ,” शाहले भने ।
हाल बालेनको सुरक्षामा महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली खटिने गरेको छ । तर प्रशासनबाटै सुरक्षा पाउनुपर्ने भन्दै पिएसओ माग गरेको स्वकीय सचिव शाहले बताए ।