११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सेनालाई गोली नहान्ने रूसी सैनिकलाई मृत्युदण्ड

२९ पुष २०७९, शुक्रबार ११:१४

पुस २९, काठमाडौं | युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी छ। रूसमा युक्रेनी सेनालाई गोली हान्न अस्वीकार गर्ने कैदीबन्दीलाई फाँसी दिइएको समाचार बाहिरिएको छ।

द डेली बिस्टको रिपोर्टका अनुसार केही कैदीले युक्रेनी सेनाविरुद्ध रूसले समर्थन गरेको वाग्नर ग्रुपसँग लड्न मोर्चालाई पठाइएको बताएका छन्।

तीमध्ये केहीले युक्रेनी सैनिकमाथि आक्रमण गर्न अस्वीकार गरेका छन्। त्यसपछि उनीहरूलाई पक्राउ गरी निर्जन क्षेत्रमा लगिएको थियो र नरफर्मानीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।


रिपोर्टका अनुसार वाग्नरद्वारा भर्ती गरिएका पूर्व कैदी येवगेनी नोभिकोभले भने, 'जसले आदेशको पालना गर्दैनन्, उनीहरूलाई यस्तै तरिकाले मृत्युदण्ड दिइन्छ।'

नोभिकोभले रूसले सेनाका आदेश पालन गर्न अस्वीकार गर्ने सैनिकहरूसँग व्यवहार गर्न छुट्टै स्क्वाड्रन स्थापना गरेको  बताए।

रिपोर्टमा अर्का कैदी अलेक्जेन्डर ड्रोज्डोभले भने कि वाग्नरद्वारा युक्रेनमा फ्रन्टलाइनमा पठाइएका धेरै रूसी कैदीहरू लागूऔषध दुर्व्यसनी र पागल अवस्थामा छन्। 'उनीहरूले आदेश पालना गर्न मानेनन्। उनीहरूको व्यवहारले काम बिग्रन्छ', उनले भने।

पुटिनले युक्रेनको आक्रमणका लागि मात्र कमाण्डर परिवर्तन गरेका छन्। रूसी रक्षामन्त्री सेर्गेई शोइगुले युक्रेनमा भएको अभियानका लागि प्रमुख जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई नयाँ कमान्डरको रूपमा नियुक्त गरेका छन्।

भ्यालेरी रूसी सेनाको सबैभन्दा ठूलो अफिसर जनरल हुन्। उनी जनरल स्टाफ प्रमुख हुन्। उनी सन् २०१२ देखि यो पदमा छन्। उनले सेर्गेई सुरोभिकिनको स्थान लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह