१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीमा आज सभामुखको निर्वाचन

३० पुष २०७९, शनिबार ०३:४५

पुस ३०, गण्डकी | गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १:३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ ।

त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ ।

गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ । नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार तय गरिसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन