२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पाैडेलकाे दाैडधुप : माधव नेपालसँग गरे राष्ट्रपतिमा सहयोग गर्न आग्रह

२०७९, १ माघ आईतवार ०५:०४

माघ १,काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग‘राष्ट्रपति र सभामुख निर्वाचनमा सहयोग गर्न’  आग्रह गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत विषयमा एकीकृत समाजवादी अध्यक्ष र कांग्रेस वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको हो ।

एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार दुई नेताबीच भेटघाट भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेपाललाई भेट्न पौडेल समाजवादी पार्टी कार्यालय आलोकनगर पुगेका थिए । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम विषयमा करिब एक घण्टा छलफल भएको थियो ।

‘राष्ट्रपति’ बन्ने दौडमा रहेका पौडेलले राष्ट्रपति निर्वाचनमा नेपालसँग यसअघिसमेत भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन् ।

आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहित संघीय र प्रदेश सरकारबाट समेत बाहिरिनुपरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेस फेरि सत्तामा फर्किने रणनीतिअनुसार अघि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी