माघ १, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नाबारे बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । दुर्घट्नाको खवर आएलगत्तै प्रधानमन्त्रीसँगै गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेर सरोकारवालाहरुसँग सोधपुछ गरेका छन् ।
दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।