माघ १, पोखरा | यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ।
आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।
पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको र तीनजनाको जीवितै उद्धार गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । उनका अनुसार उद्धारपछि अस्पताल पठाइएको छ भने उनहिरुको पहिचान खुलेको छैन ।