२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेश : सभामुखमा गुरुङ निर्वाचित

२०७९, १ माघ आईतवार ०९:०५

माघ १, पोखरा | कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । 

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गर्नुभयो ।


 प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गर्नुभएको थियो । उहाँ समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

यस्तै सभामुख पदका उम्मेदवार नेपाली कांगे्रसका खड्ग पोखरेलले १४ मत प्राप्त गर्नुभएको थियो ।  एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङको कर्णालीको इतिहासमा पहिलो महिला सभामुख हुनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा