११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा पत्नी आरजु नयाँ दिल्लीमा

१ माघ २०७९, आईतवार ११:५०

माघ १, काठमाडौँ | नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका धुम्बाराही स्रोतले बताएको छ । चुनावअघिको गठबन्धन भएर कांग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् ।

यसअघि गत पुस २० गते कांग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । चार दिने भारत भ्रमणका क्रममा निधिले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता भएको थियो । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनुका पछाडि निधिको भारत भ्रमणलाई पनि हेरिएको थियो । 

शनिबार विभिन्न मिडिया सम्पादकहरुसँगको छलफलमा सभामुख र राष्ट्रपतिमा सत्ता साझेदार सात दलबीच कुनै सहमति नभएको प्रधानमन्त्री प्रचण्डले अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । सभामुख र उपसभामुख निर्वाचनका विषयमा छलफल गर्न माघ ३ मा प्रचण्डले कांग्रेससहितको सर्वदलीय बैठक बोलाएका छन् ।  पछिल्लो समय कांग्रेसभित्र अन्तर्राष्ट्रिय मामिलामा भूमिका बढाएकी राणाको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । धुम्बाराही स्रोतले राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली भएको बताए पनि राजनीतिक भेटघाटको पनि कार्यक्रम रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह