२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस प्रवक्ता महत गोरु जुधाइ हेर्न हेलिकोप्टर चढेर तारुका पुगेपछि…

२०७९, २ माघ सोमबार ०८:३२

माघ २, नुवाकोट | माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा गोरु जुधाइ मेला हुँदै आएको छ । नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा यसपालि पनि आइतबार गोरु जुधाइएको थियो । 

सोही कार्यक्रममा प्रमुख अथिति थिए नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महत । उनी हेलिकोप्टर चढेर नुवाकोटको तारुका पुगेका थिए । तारकेश्वर गाउँपालिकास्थित तारुकामा आइतबार गोरु जुधाएको हेर्न कांग्रेस प्रवक्ता महत काठमाडौँबाट हेलिकोप्टर चढेर पुगेका थिए । महतसहित गाउँपालिका अध्यक्ष शिव अधिकारी काठमाडौंबाट हेलिकप्टरमा तारूका पुगेका थिए ।  काठमाडौंबाट नुवाकोटको तारकेश्वर गाउँपालिका जान गाडीमा करिब साढे दुई घण्टा समय लाग्छ ।

हेलिकोप्टर चढेर कांग्रेस नेता महत गोरु जुधाइ हेर्न पुगेपछि उनको आलोचना समेत भइरहेको छ । सामाजिक सन्जालमा एकथरीले गाउँपालिकाले छुट्याएको बजेट खर्च गर्दै महत हेलिकोप्टर चढेर तारुका पुगेको भन्दै आलोचना गरिरहेका छन् । तारकेश्वर गाउँपालिकाले गोरु जुधाइ कार्यक्रमका लागि आठ लाख बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा