माघ ३, काठमाडौं | मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट जितेका दीपकबहादुर सिंह मन्त्री बनेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि हेटौंडा उपमहानगरपालिकामा सिंह थोरै मतले मात्रै मेयरमा पराजित भएका थिए ।
आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मन्त्री बनेको ऊर्जा मन्त्रालयमा सिंह राज्यमन्त्री बनेका हुन् । सिंह प्रतिनिधि सभाको चुनावमा रोमाञ्चक जीत दर्ता गर्दै सांसद बन्न सफल भएका थिए ।
हारतर्फ अघि बढ्दै गर्दा सिंहले सूर्य चिह्नबाट लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी डिना उपाध्यायविरुद्ध रोमाञ्चक जीत दर्ता गरेका थिए ।
सिंहले २७ हजार ८५१ मत ल्याएर निर्वाचित हुँदा पराजित थापाले २५ हजार ४६० र डिनाले २५ हजार ४६४ मत प्राप्त गरेका थिए ।