११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले पायो ८ मन्त्रालय, यी हुन् मन्त्री बन्ने अनुहारहरू

३ माघ २०७९, मंगलवार ०६:२२

माघ ३, काठमाडौं | नेकपा एमालेले सरकारमा पठाउने ८ मन्त्रीको नाम टुंगो लगाएको छ । यसपटक एमालेबाट अधिकाशं नयाँ अनुहारले अवसर पाउने भएका छन् ।

यसअघि शपथ लिइसकेका ३ विना विभागीय मन्त्रीबाहेक भगवती चौधरी, हरि उप्रेती, पदम गिरी, विमला राई र बलराज अधिकारी आज मन्त्री बन्नेछन् ।


चौधरी कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी सांसद हुन् । गिरी पर्वतबाट २ पटक विजयी सांसद हुन् । उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहले पुस ११ गते शपथ लिएका थिए । उनीहरूले अहिलेसम्म मन्त्रालय पाएका थिएनन् । एमालेले एउटा राज्यमन्त्री पनि पाउने छ ।  

अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कृषि विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधान र अर्थसहित नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गरेका छन् । 

मंगलवार नयाँ मन्त्रीको शपथ हुँदैछ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बनेर सरकारमा सहभागी हुँदैछन् । माओवादीले पाएको सञ्चार, संघीय मामिला र सामान्य प्रशासन र युवा तथा खेलुकुद मन्त्रालयमा नयाँ मन्त्रीले शपथ गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह