२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्प्युटर अपरेटरहरु राहदानी विभागमा जान मानेनन्

२०७९, ३ माघ मंगलवार ०९:४३

माघ ३, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहदानी विभाग र कन्सुलर विभागमा खट्न निर्देशन दिएका कम्युटर अपरेटरहरुले अटेर गरेका छन् । मन्त्रालयले १७ पुसमा २८ जना कम्प्युटर अपरेटरहरुलाई कामकाजका लागि राहदानी र कन्सुलर जान निर्देशन दिएको थियो ।

तर सामान्य प्रशासन मन्त्रालयको निर्देशन अटेर गरेर कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभाग नगएका हुन् । विभागले जनशक्ति अभाव भएको भन्दै मन्त्रालयसँग कम्प्युटर अपरेटर मागेपछि मन्त्रालय, आयोग लगायत कार्यालयहरुबाट ३ महिने काजमा कर्मचारी पठाउने निर्णय भएको थियो । उक्त निर्णय अनुसार २–३ जना मात्रै अपरेटरहरुले राहदानी विभाग गएका छन् ।


मन्त्रालय स्रोतका अनुसार कम्प्युटर अपेरटरहरु विभागमा काम धेरै हुनेभन्दै जान नमानेका हुन् । ‘उहाँहरुलाई हामीले ३ महिनाको लागि मात्रै जानुस भन्यौं । राहदानी विभाग र कन्सुलर विभागमा पालैपालो खटाउने मन्त्रालयले निर्णय गरेपनि सुरुकै चरणमा अपरेटर साथीहरु जान खोज्नु भएन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘संवैधानिक आयोग र मन्त्रालयको तुलनामा राहदानी र कन्सुलर विभागमा कामको चाप धेरै हुने भएकोले जान नखोजेको देखिन्छ । तर तोकिएको जिम्मेवारी पुरा गर्नु त दायित्व हो,उहाँहरु जानुपर्ने हुन्छ ।’

राहदानी र कन्सुलर विभागले अपेरटरहरु नआएको भन्दै सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएपछि पछि यथासिघ्र हाजिर हुन लिखित निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले कम्प्युटर अपरेटरहरुको नाम सहित एक सूचना जारी गर्दै निर्देशन दिएको हो । मन्त्रालय, आयोग, अन्य निकायबाट कामको चापको आधारमा तीन –तीन महिनाको लागि पालैपालो कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभागमा काजमा खटाउने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नियुक्ति पछि सचिवहरुलाई ३० बुँदे निर्देशन दिने क्रममा राहदानीमा लिने सेवाको समस्या एक महिना भित्र हल गर्नुपर्ने बताएका थिए । सोही निर्देशनको आधारमा मन्त्रालयले काजमा राहदानी विभागलाई थप जनशक्ति(कम्प्युटर अपरेटर) उपलब्ध गराउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी