१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० वर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या, विश्व अर्थतन्त्रमै असर पर्ने

३ माघ २०७९, मंगलवार ११:१०

माघ ३, काठमाडौँ | दशकौँपछि चीनको जनसंख्या घट्न पुगेको छ। यो ऐतिहासिक परिवतर्नले चीनको आन्तरिक र विश्वकै अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरिएको छ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीन श्रम र मागको अत्यन्त महत्वपूर्ण स्रोत हो। जसले चीन र विश्वमै आर्थिक वृद्धिलाई गति दिँदै आएको छ।


मंगलबार नेसनल ब्युरो अफ स्टाटिस्टिक्सले २०२२ मा जनसंख्या ८ लाख ५० हजारले घटेको  जनाएको छ। अहिले चीनको जनसंख्या १.४११७५ छ। चीनमा ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको हो।

‘यो ऐतिहासिक मोड हो। यो दीर्घकालीन, उल्ट्याउन नसकिने जनसंख्या घट्ने क्रमको सुरुवात हो,’ युनिभर्सिटी अफ क्यालिफोर्निया, इर्भिनस्थित चिनियाँ जनसंख्याका विज्ञ वाङ फेङले भने।

गत वर्ष जन्मिनेहरुको संख्याभन्दा मर्नेहरुको संख्या ज्यादा भएपछि यसको सुरुवात भएको हो। गतवर्ष ९५ लाख ६० हजार बच्चा जन्मेका थिए। 

चीनको जन्मदर ७० वर्षयताकै न्यून विन्दुमा छ। गत वर्षको जन्मदर प्रतिहजार जनसंख्या बराबर ६.७७ मात्र छ। २०१९ मा त्यो १०.४१ थियो।

तर, मृत्युदर भने गतवर्ष १९७० यताकै सबैभन्दा उच्च अर्थात् ७.३७ प्रतिहजार पुगेको छ।

जन्मदर घट्ने क्रमको सुरुवात १९८० मा लगाइएको एक सन्तानको नीति थियो। त्यसलाई हटाएर २०१६ मा दुई सन्तान नीति लागू गरिएको थियो।

राष्ट्रसंघले चीनको जनसंख्या २०५० मा १.३१ अर्बमा झर्ने आकलन गरेको छ। सो अनुमानअनुसार यसै वर्ष जनसंख्यामा भारतले चीनलाई उछिन्नेछ। एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम