११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपेन्द्रले मागे देउवासँग विश्वासको मत

४ माघ २०७९, बुधबार ०६:२९

माघ ५, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।


अध्यक्ष यादवले भने, ‘मधेश प्रदेशमा हाम्रो पार्टीबाट मुख्यमन्त्री बन्नुभएको छ, उहाँलाई विश्वासको मत दिनुपर्छ भन्नका लागि देउवाजीलाई भेटेको हुँ ।’ विश्वासको मत माग्नुबाहेक अरु थप केही कुराकानी नभएको दावी उनले गरे । ‘अन्य राजनीतिक कुराकानी केही भएन, आवश्यक परेमा मात्र कुराकानी हुन्छ अहिले त्यस्तो आवश्यकता छैन’ उनले भने ।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह