११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

४ माघ २०७९, बुधबार ०७:३४

माघ ५, काठमाडौँ | सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले  प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।


सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो ।  थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ ।

सो पार्टीले एउटा मात्र मन्त्रालय दिएमा उद्योग, वाणिज्य मन्त्रालय अथवा त्यो जस्तै कुनै अर्को मन्त्रालय दिनुपर्ने माग राखेको छ भने दुईटा दिने भए खानेपानी र वन मन्त्रालयको माग गर्दै आएको हो । मन्त्रालयको भागबन्डा मिलेमा सरकारमा सहभागी हुने नभए समर्थन फिर्ता लिने अवस्थामा जनमत पार्टी पुगेको छ । उक्त पार्टीले आजै केन्द्रीय समिति बैठक पनि बेलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह