माघ ४, काठमाडौँ | नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि, औपचारिक निर्णय भएको छैन।
पार्टीभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए ।
उनले भने, ‘ईश्वरीलाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ । निर्णय भएको छैन । हामी माधवजीहरूसँग पनि छलफल गर्देछौं ।’
उनले अन्य सहयोगी दलहरूसँग सहमति गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गरिसकेको छन् ।