११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा.रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

४ माघ २०७९, बुधबार ०८:१६

माघ ४, काठमाडौँ | प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन सरकारबाट इसा अवार्ड प्राप्त गरेपश्चात् सामाजिक सञ्जालमा बधाईको ओइरो लागिरहेको छ । यही सिलसिलामा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले भने डा. रुइतलाई नेपालको राष्ट्रपति बनाउनुपर्ने धारणा राखेका छन् ।


सामाजिक सञ्जालमा रुइतलाई बधाई दिँदै आचार्यले रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने तर्क गरेका हुन् ।

उनी लेख्छन्, ‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा शन्दुक रुइत लाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला ।’

डा. रुइतले नेपालीको मात्र नभएर संसारकै ज्योतिविहिनहरुको आँखामा उज्यालो छरिरहेको आचार्यले बताएका छन् । बहराइन सरकारले दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह