१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्को ब्याजदरले व्यवसाय मारमा परेको छ : कपडा व्यापारी

४ माघ २०७९, बुधबार ०९:०७

माघ ४, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उहाँहरुको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् । 


गुल्मी स्थायी ठेगाना भई हाल महाराजगञ्ज बस्दै आउनुभएका नागमणि टेड्रसका रुद्र महत २५ वर्ष महाबौद्धमा व्यापार गर्दै आएकामा व्यापारमा विस्थापित भएर एक वर्ष अघिदेखि भोटाहिटीमा सरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बैंकले एक करोड ऋणको साढे दुई करोडको कारोबार देखाउनुपर्ने हुनाले अहिलेको अवस्थामा कारोबार देखाउन असम्भव छ ।”

समयमा ऋण बुझाउन नसेकेका कारण १७ प्रतिशत ब्याजमा पनि थप दुई प्रतिशत जरिवाना बुझाउन परेको उहाँले बताउनुभयो । महाबौद्धमा एक हजार दुई सयमा भाडा तिरेर सुरु गरेको व्यवसाय त्यहीँ ठाउँमा २५ वर्षको अन्तरालमा एक लाख १० हजारसम्म पुगेपछि छोड्न बाध्य भएको उहाँको भनाइ छ । आफू विस्थापित भएर भोटाहिटी सरेको महत बताउनुहुन्छ । “व्यापारीलाई जस्तो कष्ट अहिले कसैलाई छैन”, उहाँले भन्नुभयो । 

एनआइसी एसिया बैंकबाट लिएको ऋणको १७ प्रतिशत ब्याज बुझाउनुपर्छ । तर सरकारले खाद्यान्न, फलफूल लगायतका सामानलाई जसरी कपडा व्यापारीलाई प्राथमिकतामा नराख्दा, सहकारी डुब्नु, उधारोको पैसा नउठ्नु, पूँजीको परिचालन सही तरिकाले व्यवस्थापन गर्न नसक्दा व्यापारबाट विस्थापित हुने अवस्था आएको उहाँ बताउनुहुन्छ । व्यापारीले यतिसम्म असहज र कठिनाइ अघिल्ला दिनहरुमा खेप्नु नपरेको उहाँको भनाइ छ । 

महतले बच्चाका जाडोका सामान विशेषगरी चाइनाबाट मगाउँदै आएकामा कोभिडको समयमा १६ महिनासम्म सामान नआउँदा लगानी होल्ड भएपछि वित्तीय सङ्कट बेहोर्नुपरेको र चर्को ब्याज तिर्नुपरेको बताउनुभयो । महाबौद्धमा घरबेटीलाई नयाँ व्यापारीले  ५५ हजारभन्दा बढी भाडा दिने भएपछि घरबेटी पुराना व्यापारीलाई असहज वातावरण सिर्जना गरी भाडा वृद्धि गराएपछि चर्को भाडा र ब्याजदरका कारण विस्थापित हुनुपरेको उहाँले बताउनुभयो ।

झापा स्थायी ठेगाना भई हाल महतसँगसँगै महाबौद्धबाट भोटाहिटी सरेर कपडा व्यापार गर्दै आउनुभएको मितेरी मनमाया मैनाली महँगीका कारण पहिलाको तुलनामा व्यापार निकै कम भएको बताउँनुहुन्छ । २० वर्षअघि भृकुटीमण्डपबाट व्यापार सुरु गर्नुभएको उहाँ हाल भोटाहिटीमा व्यापार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला ७५ प्रतिशत व्यापार हुन्थ्यो भने अहिले २५ प्रतिशत भएको छ । सहकारीमा बचत गरेको लगानी डुब्दा, बैँकमा चर्को ब्याज बुझाउनुपर्दा, महँगो पसल भाडासहित बहाल करसमेत हामीले तिर्नुपर्दा आर्थिक समस्याकै कारण व्यापार खस्कँदो छ ।” भूकम्प अगाडि व्यापारीले गरेको लगानी उठ्न नसक्दा र लिएको सामानको मूल्य चुक्ता ग्राहकले नगरी दिँदा व्यापारी मारमा परेको उहाँ बताउनुुहुन्छ । 

कपडा व्यापारी कन्काई इन्टरप्राइजेजका अनिल प्रसाइँ विगत २५ वर्षदेखि भोटाहिटी, टुकेपमा कपडा व्यापार गर्दै आउनुभएको छ । उहाँले जाडोयाममा बच्चा तथा लेडिजका स्वेटर, ज्याकेट, हाइनेक, ट्राउजर, ल्यागिन्स लगायतका सामान व्यापार गर्नुहुन्छ । आजभोलि ग्राहकहरु टिकटकलगायत सामाजिक सञ्जालमा देखिएका कपडाको तस्बिर देखाएर सामान लिन आउनुहुन्छ, आफूसँग ती सामान हुँदैन, मगाउँदा समय बढी लाग्छ जसका कारण ग्राहकले चाहेको सामान दिन नसकेको प्रसाइँ बताउनुहुन्छ । 

चाइनाबाट सामान आयात गर्दै आउनुभएको उहाँले केरुङ नाका लामो समयसम्म बन्द हँुदा व्यापारमा समस्या भएको बताउनुहुन्छ । गर्मीयामको तुलनामा जाडोमा व्यापार बढी हुने भए तापनि पहिलेको तुलनामा अहिलेका वर्षमा सामान्य व्यापार हुने गरेको उहाँको भनाइ छ ।

सरकारी जागिरबाट अवकाशपछि कपडा व्यापारमा संलग्न हुदैँ आउनुभएका कृष्णकुमार श्रेष्ठ तीन वर्षदेखि लेडिज तथा बच्चाका न्यानो कपडा व्यापार गर्दै आउनुभएको छ । पुराना डिजाइनका कपडाभन्दा पनि नयाँ डिजाइनका कपडाको माग ह्वात्तै बढेकाले सोही अनुसारको सामान मगाउन व्यापारी बाध्य हुनुपर्ने श्रेष्ठ बताउनुहुन्छ । 

सिन्धुपाल्चोक स्थायी घर भएका शरद नेपाल दुई वर्षदेखि भोटाहिटीमा पछ्यौरी व्यापारमा संलग्न हुनुहुन्छ । विश्वव्यापी रुपमा परेको आर्थिक प्रभावसँगै नेपालको अर्थतन्त्रमा देखिएको उतारचढावबाट आफ्नो व्यापारमा परेको असरले  पाठ सिकाएको भन्दै पेसामा हार नमानेको बताउनुहुन्छ । “सुरुमा सिक्दै व्यापार गर्र्दैछु घाटा नाफालाई खासै हेरेको छैन, कहिले नाफा, कहिले घाटा बेहोर्नुपरे पनि हालसम्म औसत व्यापार भैरहेको छ”, उहाँले भन्नुभयो ।

जनताको आयस्तर कम हुनु, कोभिड–१९ पछि थलिएको आर्थिक अवस्था, रुस–युक्रेन युद्ध, वित्तीय सङ्कट, चर्को ब्याजदर, भन्सार मूल्य वृद्धि, लागतमा वृद्धिको कारणले अहिलेको व्यापार व्यवसायमा असहजता भएको व्यापारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम