२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विक्रम पाण्डेलाई मन्त्री बनाउँदा राप्रपाभित्र खटपट, लिङ्देनसँग अधिकांश नेताहरु रुष्ट

२०७९, ४ माघ बुधबार १०:३०

माघ ४, काठमाडौँ | उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकासमन्त्री नियुक्त गरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक खटपट सुरु भएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरु अध्यक्ष राजेन्द्र लिङदेनसँग रुष्ट बनेका छन् ।

राप्रपा सरकारमा जाने भएपछि मन्त्रीहरुको नाम छनोट गर्ने अधिकार पार्टीको संसदीय दलले अध्यक्ष लिङ्देनलाई सुम्पिएको थियो । त्यसअनुसार लिङदेनले एकल निर्णयमा आफूसहित चार जना नेताको नाम छनोट गरेका थिए । तर, उनको निर्णय विवादरहित बन्न सकेन ।

स्वार्थको टकराव उत्पन्न हुने गरी निर्माण व्यवसायी पाण्डेलाई शहरी विकास मन्त्रालयको नेतृत्व दिइएकोमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्ममा आलोचना भइरहेको छ । यसले पार्टीको सुध्रिँदो छविमा पनि आघात पुगेको भन्दै नेताहरु चिन्तित छन् ।


पार्टीका एक शीर्ष नेताले भने, ‘अध्यक्षलाई अधिकार प्रत्यायोजन गरिए पनि उहाँले सबैसँग सल्लाह गरेर निर्णय लिनुहुने अपेक्षा थियो । तर, उहाँले आफूखुशी गर्नुभयो ।’

राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्रीको मात्र कोटा भए पनि थुप्रै नेताहरु मन्त्री बन्न लालायित थिए । वयोवृद्ध नेता पशुपतिशमशेर राणा उपप्रधानमन्त्री बन्न चाहन्थे । तर, लिङदेन आफैं सरकारमा जान चाहेपछि उनको सम्भावना अन्त्य भयो । बाँकी दुई मन्त्री र एक राज्यमन्त्रीको कोटामा प्रत्यक्ष र समानुपातिकबाट सांसद बनेका अधिकांश नेताहरु इच्छुक थिए ।

लिङदेनले उपाध्यक्षद्वय धुव्रबहादुर प्रधान र पाण्डेलाई मन्त्रीमा तथा दीपक सिंहलाई राज्यमन्त्रीमा रोजे ।

लिङदेन पक्षीय एक नेता अहिले देखिएको असन्तुष्टि आफू मन्त्री बन्न नपाउँदाको उपज भएको बताउँछन् । ‘स्वार्थको द्वन्द्व भन्ने बहानामात्रै हो । आफू मन्त्री बन्न नपाएको झोकबाहेक केही होइन’, ती नेताले भने ।

निर्माण व्यवसायमा संलग्न हुँदैमा मन्त्री बन्न नपाउने कुरा जायज नहुने उनको तर्क छ । ‘कुनै अवैध काममा संलग्न भएको वा भ्रष्टाचारमा दण्डित भएको भए बेग्लै कुरा हुन्थ्यो’, ती नेता भन्छन्, ‘होइन भने जुन क्षेत्रमा अनुभव छ, त्यही मन्त्रालयको नेतृत्व दिनु स्वाभाविक नै हो ।’

राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पाण्डेको विषयमा उत्पन्न विवादको जिम्मेवारी अध्यक्ष लिङदेनले लिनुपर्ने बताए ।

उनले भने, ‘सबै (मन्त्री सिफारिसको) जिम्मेवारी अध्यक्षलाई दिइएको थियो । उहाँले गर्नुभएको हो । यसमा मेरो कुनै धारणा छैन । अध्यक्षलाई नै सोध्नुस् ।’

पार्टीका जिम्मेवार व्यक्ति भएका हिसाबले अध्यक्षको विरुद्धमा आफूले बोल्न नमिल्ने राणाको भनाइ छ । ‘सबै जस-अपजस अध्यक्षलाई नै जान्छ । मेरो केही भन्नु छैन’, उनले भने ।

राणाले को-कोलाई मन्त्री बनाउने भन्ने अध्यक्षको एकल निर्णय भन्दै कसैसँग सरसल्लाह नभएको बताए ।

स्रोतका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अध्यक्ष लिङदेनसँग असन्तुष्ट छन् । उनले विगतदेखि नै राजनीतिमा स्वार्थको द्वन्द्व हुन नहुने वकालत गर्दै आएका थिए । यद्यपि, पार्टीको आन्तरिक विषयमा भने उनले मौनता साँधेका छन् ।

मिश्रसँग निकट महामन्त्री शरदराज पाठकले घुमाउरो रुपमा सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि प्रकट गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘स्वार्थको द्वन्द्वबारे मैले बोल्दै लेख्दै आएको विषयमा म स्पष्ट छु । सुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारिकतामा उतार्न स्वार्थको द्वन्द्व सिर्जना हुनै दिन हुँदैन । भइहाले तत्काल व्यवस्थापन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी