११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद राउतको प्रश्न : मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ?

५ माघ २०७९, बिहीबार ०८:११

माघ ५, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरे पनि देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको बताएका हुन् । 

राउतले राष्ट्रिय सहमति केका लागि भन्दै दलहरूलाई प्रश्न गर्दै भने, 'राष्ट्रिय सहमति केका लागि हो ? खालि पदका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचनका लागि राष्ट्रिय सहमति हो कि देश संकटमा पर्दा पनि हो ? देश संकटमा पर्दा राष्ट्रिय सहमति खोइ त ?' तराईमा शीतलहरको प्रभाव र देशको अर्थतन्त्र संकटमा परिररहेको उल्लेख गर्दै उनले भने, 'तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।'


मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।'

मधेस आन्दोलनका सहिदहरूलाई अझै पनि सरकारले सम्मान नदिएको उनको आरोप थियो । सरकार आफैले सहिद घोषणा गरे पनि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा भने ध्यान नदिएको उनले बताए ।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि गृहमन्त्री रवि लामिछानेसहित अधिकांश दलका सांसदहरूले उठेर मौनधारण गरेका थिए ।

राउतले जनमत पार्टी अहिले पनि सरकारमै रहेकाले सभामुखमा एमाले उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । यसअघि जनमतले आफूलाई दिने भनिएको उद्योग मन्त्रालय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । जनमतबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण गरेका छैनन् । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह