माघ ५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री डोलप्रसाद अर्यालको संलग्नता म्यानपावर कम्पनीमा देखिए सुरुमा आफैँले कारबाही गर्ने बताएका छन्। संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्यालको संलग्नता कतै देखिए आफूलाई बताउन आग्रहसमेत गरे।
'श्रममन्त्रीको संलग्नता रहेको भए सेयरलगत देखिन्छ। केही न केही कागजात हुन्छ। तर हामीले त्यस्तो पाएका छैनौं। उहाँले स्पष्टीकरणमा पनि आफ्नो संलग्नता नरहेको बताउनुभएको छ। तपाइँहरुले संलग्नता देख्नुभए खबर गर्नुहोला। सुरुमा म आफैँले कारबाही गर्छु,' उनले भने।
उनले उपराष्ट्रपति आफूहरुले पाउनु सहमति भएको बताए। त्यस विषयमा पार्टीको बैठक भोलि बस्ने र उम्मेदवार चयनबारे छलफल हुने उनले बताए।