माघ ५, काठमाडौँ | बिहीबारको प्रतिनिधिसभको बैठकले आफ्नो नेता अर्थात सभामुख चयन गर्याे । नेकपा एमाले देवराज घिमिरे भारी बहुमतका साथ सभामुख निर्वाचित भए । विहीबारको संसद बैठकमा १६८ सांसद मात्रै उपस्थित भए ।
त्यसमध्ये १६७ सांसदले घिमिरेको पक्षमा मतदान गरे भने १०० जना सांसदले कांग्रेसको उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिए । एक जना सांसद भने तटस्थ रहे अर्थात कसैलाई पनि मत दिएनन् ।
तर, बिहीबारको बैठकमा पाँच जना सांसद भने अनुपस्थित रहे । सांसदहरु वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी सभामुख निर्वाचत गर्ने संसद बैठकमा उपस्थित भएनन् ।
माओवादी केन्द्रमा उपमहासचिव समेत रहेका सांसद वर्षमान पुन भने विरामी भएर अस्पतालमा छन् । सांसद लक्ष्मी महतो कोइरीमाथि भने हत्याको आरोप छ । उनलाई प्रक्राउ गर्नका लागि गृहमन्त्रीले निर्देशन दिइसकेको बताएका छन् ।
उनी पनि बिहीबारको संसद बैठकमा उपस्थित भएनन् । त्यसबाहेक, कांग्रेसका नेता तथा सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । जेष्ठ सदस्यकोरूपमा बैठक सञ्चालन गरेको राप्रपाका सांसद पशुपति शम्शेर राणाले सभामुख चयनमा मतदान गर्न मिलेन ।