११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’का डिआइजी

५ माघ २०७९, बिहीबार ११:४८

माघ ५, काठमाडौँ | धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए । नेपाली फिल्म क्षेत्रबाट पनि राजनीतिमा उपस्थिति बाक्लिँदो छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नवगठित सरकारको रक्षा मन्त्री बनेका हरि उप्रेती नेपाली फिल्मका कलाकार पनि हुन् । 

धेरैले याद नगरेको हुनसक्छ । उनले फिल्म ‘लंका’ अभिनय गरेका छन् । उनी सुपरस्टार निखिल उप्रेतीका दाइ पनि हुन् ।


‘लंका’ श्याम भट्टराइको निर्देशन रहेको फिल्म हो । रेखा थापा र किशोर खतिवडाको मुख्य भूमिका रहेको फिल्ममा उप्रेतीले डिआइजीको भूमिका निर्वाह गरेका थिए । फिल्मको ओपनिङ सिनमै उनलाई डिआइजीको बर्दीमा देख्न सकिन्छ । अभिनेता किशोर खतिवडा फिल्ममा इन्स्पेक्टरको भूमिकामा थिए । किशोरसँग उनको फिल्ममा लामै संवादको दृश्य छ ।

उनलाई डिआइजीको भूमिका निर्देशक श्याम भट्टराइले नै गरेका थिए । फिल्मको अभिनय मात्र होइन, डबिङ समेत उनी आफैले गरेका बताइन्छ ।

फिल्म ‘लंका’ सर्लाहीको हरिवन, बागमती क्षेत्रमा पनि छायांकन भएको थियो । उप्रेती त्यही क्षेत्रका परिचित राजनीतिज्ञ हुन् । फिल्म निर्माण समय उनी सांसद भैसकेका थिएनन् । पार्टीगत राजनीतिमा भने होमिएका थिए ।

‘लंका’ पछि भने उनले फिल्ममा काम गरेका छैनन् । फिल्मका कलाकार मन्त्री बन्ने भएको उनी पहिलो व्यक्ति हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह