११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतलनिवासमा ओली र नेपालबीच भलाकुसारी

६ माघ २०७९, शुक्रबार ०८:४६

माघ ६, काठमाडौँ | पछिल्लो समय एक अर्काविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भलाकुसारी गर्दै गरेको अवस्थामा देखिएका छन् । यसअघि ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गर्दा सँगै देखिएपछि फेरि सभामुखको शपथमा ओली र नेपाल सँगै देखिएका हुन् । 

पूर्व प्रधानमन्त्रीको लहरमा केपी ओली, माधव नेपाल र डा. बाबुराम भट्टराई एउटै लहरमा देखिन्छन् । साथै पूर्व प्रधानमन्त्री एवं समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एउटै लहरमा छन् । एउटै लहरमा बसिरहँदा नेपाल ओलीसँग केही संवाद गरिरहेको हाउभाउमा प्रस्तुत भएको तस्वीरले देखाउँछ ।  एउटै लहरमा परेपछि ओलीले फेरि सँगै परिएछ भनेर हाँसीमजाक गरेको एक नेताले जानकारी दिए । 


जवाफमा नेपालले कुनै प्रस्ट टिप्पणी नगरे पनि केही भलाकुसारी गरेको जस्तो भने देखिन्थ्यो । नेपालको प्रस्तुतिमा अरू तीन पूर्व प्रधानमन्त्री चुपचाप लागेको देखिन्छ । मंसिर ४ को चुनावपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आयोजना गरेको चियापानमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भलाकुसारी गरेको र दुवै खुशी चेहरामा प्रस्तुत भएका थिए । त्यही बेलादेखि नै सत्ता गठबन्धन बनाउन दुई नेताले पहल गरिरहेको चर्चा चलेको थियो । 

यतिखेर ओली र नेपाल एक अर्काप्रति आक्रामक भए पनि ओलीले राष्ट्रपतिको निर्वाचनमा नेपाल समाजवादी पार्टीलाई ल्याउन सकिन्छ कि भनेर आन्तरिक वार्ता गरिरहेको पनि बताइन्छ ।  सकेसम्म एक मन्त्रालय दिएरै भए पनि सरकारमा ल्याउनेबारे कुराकानीसमेत ओलीले निकटमार्फत् अघि बढाए पनि नेपाल कांग्रेससँगै प्रतिपक्षमा बसेका थिए । तर प्रचण्डलाई भने विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह