२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतलनिवासमा ओली र नेपालबीच भलाकुसारी

२०७९, ६ माघ शुक्रबार ०८:४६

माघ ६, काठमाडौँ | पछिल्लो समय एक अर्काविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भलाकुसारी गर्दै गरेको अवस्थामा देखिएका छन् । यसअघि ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गर्दा सँगै देखिएपछि फेरि सभामुखको शपथमा ओली र नेपाल सँगै देखिएका हुन् । 

पूर्व प्रधानमन्त्रीको लहरमा केपी ओली, माधव नेपाल र डा. बाबुराम भट्टराई एउटै लहरमा देखिन्छन् । साथै पूर्व प्रधानमन्त्री एवं समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एउटै लहरमा छन् । एउटै लहरमा बसिरहँदा नेपाल ओलीसँग केही संवाद गरिरहेको हाउभाउमा प्रस्तुत भएको तस्वीरले देखाउँछ ।  एउटै लहरमा परेपछि ओलीले फेरि सँगै परिएछ भनेर हाँसीमजाक गरेको एक नेताले जानकारी दिए । 


जवाफमा नेपालले कुनै प्रस्ट टिप्पणी नगरे पनि केही भलाकुसारी गरेको जस्तो भने देखिन्थ्यो । नेपालको प्रस्तुतिमा अरू तीन पूर्व प्रधानमन्त्री चुपचाप लागेको देखिन्छ । मंसिर ४ को चुनावपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आयोजना गरेको चियापानमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भलाकुसारी गरेको र दुवै खुशी चेहरामा प्रस्तुत भएका थिए । त्यही बेलादेखि नै सत्ता गठबन्धन बनाउन दुई नेताले पहल गरिरहेको चर्चा चलेको थियो । 

यतिखेर ओली र नेपाल एक अर्काप्रति आक्रामक भए पनि ओलीले राष्ट्रपतिको निर्वाचनमा नेपाल समाजवादी पार्टीलाई ल्याउन सकिन्छ कि भनेर आन्तरिक वार्ता गरिरहेको पनि बताइन्छ ।  सकेसम्म एक मन्त्रालय दिएरै भए पनि सरकारमा ल्याउनेबारे कुराकानीसमेत ओलीले निकटमार्फत् अघि बढाए पनि नेपाल कांग्रेससँगै प्रतिपक्षमा बसेका थिए । तर प्रचण्डलाई भने विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी