११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा सरकारले छिमेक सम्बन्ध तनावपूर्ण बनायो, हामी सच्याउँछौं : ओली

६ माघ २०७९, शुक्रबार ०९:२७

माघ ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक देशसँग नजिक हुन अर्को देशसँगको सम्बन्धमा कृत्रिम रुपमा तनाव बढाएको बताए ।


'छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ,' ओलीले भने । ओलीले कुन देशकाविरुद्ध देउवाले त्यसो गरेको हो भन्ने उल्लेख गरिकनै नयाँ सरकारले त्यसलाई ठिक गर्ने बताए ।

'हामी एउटा कार्ड एउटातिर अर्कोको कार्ड अर्कोतिर होइन । हामीले सन्तुलित, विश्वसनीय होइन । भित्रभित्र एउटा कुरा बाहिर, बाहिर अर्को कुरा होइन । मुखले एउटा व्यवहारमा अर्को गर्ने अभ्यास, त्यस प्रकारको होइन, भरपर्दो, विश्वसनीय, जो भनिन्छ त्यो गर्ने होइन । एउटा हित र अर्काको अहित गर्ने होइन, छिमेकमा बसेर अर्काको अहित गर्ने भन्ने विषय सामान्य गाउँघरमा पनि असल छिमेकी मानिँदैन,' ओलीले भने 'हामी छिमेकीहरुका लागि असल छिमेकी हुन चाहान्छौँ उनीहरुको कुभलो गर्दैनौं, विल्कुलै कुभलो नगरिकन उनीहरुको भलो चिताएर उनीलाई सहयोग पुर्‍याएर, उनीहरुको जायज चासो चिन्ता सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हाम

उनले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रुपमा कतै संलग्न नहुने उल्लेख गरे । 'हामी कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं । कसैको पनि राख्यो भने हाम्रो लागि अहितकर हुन्छ हाम्रो सार्वभौम सत्तामाथिको अतिक्रमण हुन्छ । कुनै पनि हाम्रो सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्दैनौं र परस्परिक लाभ र सम्मानको आधारमा सम्बन्ध राख्छौं,' ओलीले भने । उनले नेपालले विकासशील देशमा नेपाल स्तरोन्नति गर्ने निर्णय भएपनि पछिल्लो समयमा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह