२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा सरकारले छिमेक सम्बन्ध तनावपूर्ण बनायो, हामी सच्याउँछौं : ओली

२०७९, ६ माघ शुक्रबार ०९:२७

माघ ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक देशसँग नजिक हुन अर्को देशसँगको सम्बन्धमा कृत्रिम रुपमा तनाव बढाएको बताए ।


'छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ,' ओलीले भने । ओलीले कुन देशकाविरुद्ध देउवाले त्यसो गरेको हो भन्ने उल्लेख गरिकनै नयाँ सरकारले त्यसलाई ठिक गर्ने बताए ।

'हामी एउटा कार्ड एउटातिर अर्कोको कार्ड अर्कोतिर होइन । हामीले सन्तुलित, विश्वसनीय होइन । भित्रभित्र एउटा कुरा बाहिर, बाहिर अर्को कुरा होइन । मुखले एउटा व्यवहारमा अर्को गर्ने अभ्यास, त्यस प्रकारको होइन, भरपर्दो, विश्वसनीय, जो भनिन्छ त्यो गर्ने होइन । एउटा हित र अर्काको अहित गर्ने होइन, छिमेकमा बसेर अर्काको अहित गर्ने भन्ने विषय सामान्य गाउँघरमा पनि असल छिमेकी मानिँदैन,' ओलीले भने 'हामी छिमेकीहरुका लागि असल छिमेकी हुन चाहान्छौँ उनीहरुको कुभलो गर्दैनौं, विल्कुलै कुभलो नगरिकन उनीहरुको भलो चिताएर उनीलाई सहयोग पुर्‍याएर, उनीहरुको जायज चासो चिन्ता सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हाम

उनले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रुपमा कतै संलग्न नहुने उल्लेख गरे । 'हामी कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं । कसैको पनि राख्यो भने हाम्रो लागि अहितकर हुन्छ हाम्रो सार्वभौम सत्तामाथिको अतिक्रमण हुन्छ । कुनै पनि हाम्रो सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्दैनौं र परस्परिक लाभ र सम्मानको आधारमा सम्बन्ध राख्छौं,' ओलीले भने । उनले नेपालले विकासशील देशमा नेपाल स्तरोन्नति गर्ने निर्णय भएपनि पछिल्लो समयमा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी