२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले संसदभित्र मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध

२०७९, ६ माघ शुक्रबार १२:०८

माघ ६, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति भएको अपमानप्रति नेपाली कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त गरेको छ ।

कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति अपमान भएकोमा दुःख व्यक्त गरेका हुन् ।

सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए । सो क्रममा केही सांसद उठेर मौन धारण गरे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका केही सांसद उठेनन् ।

प्रधानमन्त्री प्रचण्डले नै मौन धारण नगरेकोले मधेसमा आलोचना भइरहेको छ । सो विषयमा कांग्रेस मधेसका सभापति यादव विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डमाथि मधेस विरोधी आरोप लगाएका छन् ।

‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।’

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको कांग्रेस मधेशका सभापति यादवले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा भएको घटनाप्रति दुख व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित सबैलाई ध्यानकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी