२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन उद्योग मन्त्रालय नै लिन चाहन्छ जनमत ?

२०७९, ८ माघ आईतवार ०६:४०

माघ ८, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाउँदा सो पार्टीबाट मन्त्री बनेका अब्दुल खानले हालसम्म पदभार ग्रहण गरेका छैनन् । मन्त्रीहरुको कार्यविभाजनअनुसार खानको भागमा खानेपानी मन्त्रालय परेसँगै असन्तुष्ट बन्दै उनी पदभार गर्नका लागि सिंहदरबारमा नगएका हुन् । 

बरु उद्योग मन्त्रालय नपाए अध्यक्ष सीके राउतले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । यसबारेमा प्रधानमन्त्री प्रचण्डबाट आइतबारसम्मको समय पाएका राउत सरकारात्मक जवाफको प्रतीक्षामा रहेका छन् । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरुको पहिलो रोजाई उद्योग मन्त्रालय नै भएको बताए ।  त्यसका लागि पहल भइरहेको जानकारी दिँदै साहले त्यो भएन भने अन्य विकल्पमा छलफल हुने बताए ।


जनमत पार्टीले उद्योग मन्त्रालय नपाउने हो भने खानेपानी मन्त्रालयसँगै वन तथा वातावरण मन्त्रालय पनि पाउनुपर्ने माग गरेको छ ।  यसबारे राउतले प्रधानमन्त्रीसँग निरन्तर छलफल गर्दा आज आइतबारसम्ममा टुग्यांउने आश्वासन दिएका हुन् । साहका अनुसार सरकारमा जाने विषयमा माआवादी केन्द्र र एमालेसँग कुरा हुँदा उद्योग मन्त्रालय दिने सहमति भएको थियो । उनले भने, ‘हामीले उद्योग र कृषि मन्त्रालय गरी दुईटा मन्त्रालय माग गरेका थियौँ । तर भागबण्डामा एउटा मन्त्रालय मात्र परेपछि उद्योग मन्त्रलायमा सहमति भएको थियो । अहिले त्यो मन्त्रालयको सट्टा खानेपानी मन्त्रालय दिएपछि हामीले त्यसलाई अस्वीकार गरेका हौं ।’

उद्योग मन्त्रालय दिने सहमति भएसँगै जनमतले मन्त्रालय कसरी चलाउने भन्नेबारे खाका बनाउने तयारीमा जुटिसकेको थियो । विज्ञको रुपमा कसलाई राख्ने, विभागीय प्रमुखहरु कहाँ कसलाई राख्ने जस्ता कुरामा पनि सो पार्टीले गृहकार्य सुरु गरिसकेको थियो । 

यहाँसम्म कि पार्टीका नेताहरुले विज्ञलाई समेत सहभागी गराएर हाल सञ्चालनमा रहेकाका साथै बन्द अवस्थामा रहेका उद्योगहरुकोसमेत अनुगमन सुरु गरिसकेका थिए । तयारी अघि बढिसकेको अवस्थामा मन्त्रालय नपाएपछि सो पार्टी आक्रोशित बनेको बताइएको छ । 

‘चुनावको समयमा जनतासामू विभिन्न प्रतिवद्धताहरु जनाएका थियौँ । जुन सरकारमा गएपछि पूरा गर्ने खालका हुन्’, उपाध्यक्ष साहले भने, ‘ सोही कारणले कृषि र उद्योग मन्त्रालय माग गरेका हौँ ।  तीमध्ये कुनै पनि मन्त्रालय नपाएपछि सत्ताधारीबाट धोका भएको ठानेका छौँ ।’ उद्योग मन्त्रालय सम्हालेर बन्द रहेको उद्योग सञ्चालन गर्ने र लाखौँ युवालाई रोजगार दिने जनमतको तयारी रहेको उनले खुलाए ।

उद्योग मन्त्रालय पाए पहिलो चरणमा बन्द रहेका विभिन्न उद्योग सञ्चालन गर्ने जनमतको योजना छ ।  त्यसका लागि हरेक कोणबाट अध्ययन गरिसकेको भएपनि अहिले नपाउँदा योजना भताभुंग भएको साहले गुनासो गरे । 

विराटनगर जुट मिल ६ महिनाभित्र, चुरोट कारखाना र वीरगञ्ज चिनी कारखाना एक वर्षभित्र सञ्चालन गर्ने योजना जनमतले बनाएको बताइन्छ । यी उद्योगका लागि कच्चा पदार्थ पहिलो वर्ष भारतबाट ल्याउने र त्यसपछि नेपालमै उत्पादन गर्ने योजना जनमत पार्टी रहेको उपाध्यक्ष साहले बताए । कच्चा पदार्थ उत्पादनका लागि किसानलाई जोड्ने पनि योजना थियो । यी सबै सञ्चालनमा आएपछि २–३ लाख युवालाई रोजगारी दिने खाका बनाएको उनको भनाइ छ । 

जनमतले चुनावको समयमा १० लाख युवालाई रोजगारी दिलाउने प्रतिवद्धता जनाएको थियो । यस्तै उद्योगहरु सञ्चालनमा ल्याएर कम्तीमा ३५ वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी पनि जनमतको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी