११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा गृहको सर्कुलर, भारत भागेको आशंका

८ माघ २०७९, आईतवार १०:३४

माघ ८, काठमाडौँ | गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । गृह मन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रुपमै पत्राचार गरेको छ । सांसद कोइरी प्रहरीको फरार सूचीमा छन् । उनीमाथि राष्ट्रसेवक कर्मचारी हत्याको अभियोगमा जनकपुर उच्च अदालतले थुनामा राखेर मुद्धाको पुर्पक्षको आदेश दिइसकेको छ । सांसद कोइरीमाथि २०७२ सालमा मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विक हत्याको आरोप छ । सांसद कोइरी निर्वाचन अघि जनता समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रबि लामिछाने गृहमन्त्री बनेसँगै उनलाई पक्राउ पर्न दवाब बढेको छ । प्रतिनिधि सभाका प्रायः जसो बैठकमा सहभागी हुने गरेका कोइरी प्रहरीको फरार सूचीमा छन् । उनी एमालेका शीर्ष नेताहरुको संरक्षणमा रहेको आंकलन गरिएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शनीबारको सांसद बैठकमा प्रहरीले हत्याका आरोपित नपक्रेको भन्दै गृहमन्त्रीको आलोचना गरेका थिए ।
भारत भागेको आशंका
लक्ष्मी महतोको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ । उनीबारे अनुसन्धान गरिरहेका अधिकृतहरू कोइरी भारततिर भागेको बताउँछन् । उपप्रधान एवं गृहमन्त्रीको मौखिक आदेश नै पर्याप्त भएको उल्लेख गर्दै प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले भने–‘खोजी तीव्र बनाएका छौ, चाँडै पक्रन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से