१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश

८ माघ २०७९, आईतवार ११:३४

माघ ८, काठमाडौँ | मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ ।

महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । 


उहाँका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहनुभएकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना हुनुभएको छ ।

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच छलफल

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच आज छलफल भएको छ । मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको हो । 

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरूले बालकमारीस्थिज जसपाको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग छलफल गर्नुभएको सो पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । सो भेटमा मधेस सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि गठबन्धन बनाउने विषयमा नेताहरूबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ? कास्की अदालतको आदेशविरुद्ध उच्चमा जाँदै रवि, काठमाडौं र बुटवलमा पनि पुनरावेदन दिने सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका अछामको किशोरी मृत्यु प्रकरण: ढकारी गाउँपालिकाकाकै दुई किशोर पक्राउ