२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वापाले तोक्यो समिति र विभाग संयोजक, कसलाई के जिम्मेवारी?

२०७९, ९ माघ सोमबार ०६:०३

माघ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो। जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ।


केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्। साथै विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा छन्। पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुख तोकिएको छ।

अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भए। मानवीय विकास प्रवर्द्धन विभाग प्रमुखमा कुशुम महर्जन र प्रशिक्षण विभाग प्रमुखमा मुकुल ढकाललाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। संगठन विभाग प्रमुखमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ तथा सचिवमा शंकर श्रेष्ठ मनोनीत भएका छन्।

उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी