११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुवि खानसहितका अधिकारकर्मीलाई प्रहरीले छाड्यो

९ माघ २०७९, सोमबार ११:४६

माघ ९, काठमाडौँ | प्रहरीले नियन्त्रणमा लिएको रुवि खानलगायत अधिकारकर्मीको टोलीलाई छाडेको छ। बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी खानलगायतलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो।

बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले माइतीघरमण्डलाबाट न्यायको माग गर्दै र्‍याली निकालेका थिए।


यस्तै, अधिकारकर्मी खानले आफूहरुका माग सम्बोधन गर्ने प्रक्रिया पाँच दिनभित्र सुरु नगरे आमरण अनसन बस्ने चेतावनी दिएकी छन्। यसअघि गृहमन्त्री रवि लामिछाने माइतीघर पुगेर धर्ना रोक्न अनुरोध गरेका थिए। तर उनीहरुले सरकारले पटक–पटक झुक्याएको भन्दै आन्दोलन रोक्न अस्वीकार गरेका थिए।

उनीहरुले ‘निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने’लगायतका माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु