११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाई तस्करीको अभियोगमा भारतीय युवकलाई आजीवन कारावासको सजाय

९ माघ २०७९, सोमबार १२:०१

माघ ९, काठमाडौँ | भारतमा गाई तस्करीको अभियोगमा एकजना युवकलाई आजीवन कारावासको सजाय सुनाइएको छ । गुजरातको तापी अदालतले गाई तस्करीको अभियोगमा दोषी ठहर गर्दै २२ वर्षीय मोहम्मद आमीन आरिफलाई आजीवन कारावासको सजाय सुनाएको हो ।


तापीको सेसन कोर्टले गाई तस्करीको अभियोगमा सजाय सुनाउँदै भनेको छ – 'गाई हत्या बन्द भयो भने पृथ्वीको सबै समस्या समाधान हुनेछ ।' उक्त मामिलामा अदालतले कयौँ संस्कृतका श्लोक पनि उद्धरण गरेको थियो ।

अदालतले फैसलामा भनेको छ – धर्म गाईबाट उत्पन्न हुन्छ, किनभने धर्म वृषभका रूपमा हुन्छ । गाईको बाच्छोलाई वृषभ भनिन्छ । अदालतका न्यायाधीश एसवी व्यासले गाईको गोबरबाट निर्मित घरमा परमाणु विकिरणको असर नहुने बताएका छन् । उनका अनुसार गहुँतको सेवनबाट कतिपय गम्भीर रोगहरू पनि निको हुन्छन् ।

फैसलामा गाईको तस्करी तथा हत्याका घटनालाई समाजको लज्जाको विषयका रूपमा उल्लेख गरिएको छ । न्यायाधीशले फैसलामा गाईलाई केवल पशु मात्र नभई एक आमाको दर्जा दिएका छन् । उनले गाईलाई ६८ करोड पवित्र स्थल तथा ३३ कोटी देवताको जीवित ग्रहसमेत भनेका छन् । सन् २०२० जुलाइमा प्रहरीले एक ट्रकबाट १६ भन्दा बढी गाईहरू बरामद गरेको थियो । उक्त मुद्दामा मोहम्मदलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध अदालतमा आरोप पुष्टि भएपछि अदालतले फैसला सुनाएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु