११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय दिने भाका नाघ्यो, अब के गर्लान् सीके राउत ?

१० माघ २०७९, मंगलवार ०८:५९

माघ १०, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिइने मन्त्रालयको बारेमा अझै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतको पार्टीले पाउने मन्त्रालयबारे सोमबारसम्म टुंगो लगाउने बचन दिएका थिए । तर आज मंगलबारसम्म मन्त्रालयको टुंगो लाग्न नसकेको हो । सत्ता साझेदार दलमा मन्त्रालय भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको छ । तर, सुरुमा भएको उद्योग मन्त्रालय दिने सहमति उलंघन भएकाले त्यसलाई अस्वीकार गर्ने जनमत पार्टीले बताउँदै आएको छ । 


जनमत पार्टीले उद्योग मन्त्रालय नदिने हो भने खानेपानीसँगै थप एउटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्ड वन मन्त्रालय दिन सकारात्मक पनि भएका थिए ।  तर यहीबीचमा जसपाले पनि सरकारमा सहभागी हुने संकेत देखाएपछि प्रधानमन्त्री प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् । जनमतले मागेको उद्योग मन्त्रालय हाल एमालेको भागमा परेको छ । जुन मन्त्रालय जनमतलाई दिन एमाले तयार भए आफूलाई कुनै आपत्ति नहुने प्रधानमन्त्री प्रचण्डले भनेको जनमत पार्टीका एक नेताले बताए । हाल वन तथा वातावरण मन्त्रालय एमालेले लिएर उद्योग मन्त्रालय जनमतलाई दिने गरी छलफल अगाडि बढेको बताइएको छ । 

जनमत पार्टीले मन्त्रालयको विषयमा अझै एक दुई दिन कुर्ने भनेको छ । त्यसपछि पनि सहमति नभए सरकारमा रहने वा नरहने भन्नेबारेमा पार्टीमा छलफल गर्ने उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हामीलाई सरकारमै रहनु पर्छ भन्ने केही छैन, हामीले काम गर्नका लागि राम्रो मन्त्रालय खोजेका हौं । यदि राम्रो मन्त्रालय पाएनौँ भने हामी सरकारमा रहँदैनौँ ।’ माग पुरा नभएमा सरकारमा बसिरहन कुनै बाध्यता नरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु