२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय दिने भाका नाघ्यो, अब के गर्लान् सीके राउत ?

२०७९, १० माघ मंगलवार ०८:५९

माघ १०, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिइने मन्त्रालयको बारेमा अझै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतको पार्टीले पाउने मन्त्रालयबारे सोमबारसम्म टुंगो लगाउने बचन दिएका थिए । तर आज मंगलबारसम्म मन्त्रालयको टुंगो लाग्न नसकेको हो । सत्ता साझेदार दलमा मन्त्रालय भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको छ । तर, सुरुमा भएको उद्योग मन्त्रालय दिने सहमति उलंघन भएकाले त्यसलाई अस्वीकार गर्ने जनमत पार्टीले बताउँदै आएको छ । 


जनमत पार्टीले उद्योग मन्त्रालय नदिने हो भने खानेपानीसँगै थप एउटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्ड वन मन्त्रालय दिन सकारात्मक पनि भएका थिए ।  तर यहीबीचमा जसपाले पनि सरकारमा सहभागी हुने संकेत देखाएपछि प्रधानमन्त्री प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् । जनमतले मागेको उद्योग मन्त्रालय हाल एमालेको भागमा परेको छ । जुन मन्त्रालय जनमतलाई दिन एमाले तयार भए आफूलाई कुनै आपत्ति नहुने प्रधानमन्त्री प्रचण्डले भनेको जनमत पार्टीका एक नेताले बताए । हाल वन तथा वातावरण मन्त्रालय एमालेले लिएर उद्योग मन्त्रालय जनमतलाई दिने गरी छलफल अगाडि बढेको बताइएको छ । 

जनमत पार्टीले मन्त्रालयको विषयमा अझै एक दुई दिन कुर्ने भनेको छ । त्यसपछि पनि सहमति नभए सरकारमा रहने वा नरहने भन्नेबारेमा पार्टीमा छलफल गर्ने उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हामीलाई सरकारमै रहनु पर्छ भन्ने केही छैन, हामीले काम गर्नका लागि राम्रो मन्त्रालय खोजेका हौं । यदि राम्रो मन्त्रालय पाएनौँ भने हामी सरकारमा रहँदैनौँ ।’ माग पुरा नभएमा सरकारमा बसिरहन कुनै बाध्यता नरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी