३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून मन्त्रीलाई प्रधानमन्त्रीको चेतावनीपछि सत्तामा हलचल

११ माघ २०७९, बुधबार ०५:४८

माघ ११, काठमाडौँ ।  नेपाल संघीयता, गणतन्त्र, धर्म निरपेक्षतासहितको शासन व्यवस्था अवलम्बन गरेको मुलुक हो । तर, अझैपनि यस व्यवस्थाबारे पक्ष–विपक्षमा बहस एवं छलफल हुँदै आएका छन् ।

बहुमत दलहरु पक्षमा रहेपनि केही दलहरु यसको खारेजीकै विषय उठाउँदै आएका छन् । संविधान कानून मान्छु भन्दै कानूनको प्रचलित व्यवस्था टेकेर दल दर्ता गरेको राप्रपा र त्यहि कानून अनुसार मन्त्री बनेका व्यक्तिले नै शासन व्यवस्थाविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।


मन्त्रीहरु नै व्यवस्थाविरुद्ध बोल्न थालेपनि सरकारको लक्ष्य र कानून कार्यान्वयनमै प्रश्न उठेको छ ।

यस्तो अवस्थाले आफूलाई संघीयताको जननी मान्ने माओवादी केन्द्र र संघीयता खारेजीको मुद्दा बोक्ने राप्रपाबीचको सत्ता गठबन्धन र सहकार्य समयक्रमसँगै थप बोझिलो बन्दै जाने देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री बनेका ध्रुवहादुर प्रधानले संघीयता खारेजीको मुद्दालाई पार्टीले विस्तारै कार्यान्वयनमा लैजाने प्रयत्न गर्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्पष्टीकरण सोध्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा संघीयताबारे सरकारको धारणा माग गरिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा बसेर संघीयताविरोधि अभिव्यक्ति दिन नपाइने भन्दै स्पष्टीकरण सोध्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटा र एकीकृत समाजवादीकी सांसद जयन्ती राईले संघियताबारे सरकारको धारणा माग गरेका थिए ।

मन्त्री प्रधानले एक अन्तरवार्ताको क्रममा संघीयता खारेजीका निम्ति अधिकत्तम प्रयास गर्ने बताएपछि सरकारको धारणा माग गरिएको थियो ।

संघीयता कार्यान्वयनमा समस्या पैदा भएपनि कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफ्नै क्याबिनेटका मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने भन्दै आक्रामक सुनिएका छन् । तर, सत्ता साझेदार दल राप्रपाका सांसद समेत रहेका प्रधानविरुद्ध कदम चाल्नु प्रचण्डका लागि श्रेयकर हुन्छ नै भन्ने अवस्था भने छैन् ।

अझं विधिको शासनका लागि सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने मन्त्रालयका मन्त्री नै यस्तो अभिव्यक्ति दिनुले कानून कार्यान्वयनमा समस्या पैदा हुनेमा आशंका देखिन्छ ।

यतिमात्रै होइन संघीयताबारे चलेका पक्ष विपक्षका बहस छलफलले यसको औचित्यतामाथि प्रश्न उठ्दै आएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी राप्रपाले आफ्नो राजनीतिक एजेण्डा नै संघीयता खारेजी लगायतका विषय भएपनि संघीयता कार्यान्वयन र यसबारे प्रष्ट कानून बनाउने स्थानमा पदभार ग्रहण गरेका मन्त्रीबाटै संविधान विरोधी अभिव्यक्ति आउनुले सरकारको भूमिका र योजनामाथि थप आशंका पैदा हुने पक्का छ ।

संघीयता खारेजी हुने नहुने विषय सार्वभौम जनताको अधिकार भएपनि सरकारमा सहभागी दलबाटै संघीयता खारेजीको विषय उठ्नु राजनीतिक संक्रमणकाललाई निम्तो दिनु सरह हुने टिप्पणी राजनीतिक विश्लेषकहरुको छ ।

स्वार्थ बाझिने गरि छरपष्ट मन्त्रीहरु नियुक्त भएका बेला मन्त्रीहरु बेलगाम अभिव्यक्तिमा उत्रिनु राजनीतिक संकट पैदाको नजिक रहनु हो ।

यस्तो अवस्थामा प्रधानमन्त्रीको स्पष्टीकरण र त्यसपछिको राजनीतिक वातावरण कस्तो बन्ला ? यो हेर्न भने केही समय कुर्नैपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड