११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार आरोपी वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

११ माघ २०७९, बुधबार ०७:४०

माघ ११, काठमाडौँ । किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै उनीबाट स्वतः निलम्बनमा परेका छन् । ६ नम्बर इजलाशकी न्यायाधीश तारादेवी महर्जनकी आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।


जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी गर्दै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेर अभियुक्त तीन महिनादेखि फरार रहेका थिए ।

प्रहरीको खोजी सूचीमा रहेका उनी तीन महिनापछि आफैं प्रहरीमा हाजिर भएपछि प्रहरीले नियन्त्रणमा लिएर मुद्दाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । गत असोज १९ मा छिमेकी एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेर फरार भएको आरोप लागेको थियो । पीडित किशोरीले गत असोज २५ मा इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् ।

उजुरी दिएपछि प्रहरीले किशोरीको असोज २५ मै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजी गर्दै आएको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार आरापित श्रेष्ठ बाहिर आफैं असुरक्षित महसुस गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु