२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरन चेत नभएका सरल नेता न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री

२०७९, ११ माघ बुधबार ०८:०४

माघ ११, काठमाडौँ । न्युजिल्याण्डका नयाँ प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्र गर्न नसके पनि उहाँ राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ सुपरिचित हुनुहुन्छ ।

 चवालीस वर्षीय क्रिस हिप्किन्सले बुधबार बिहान २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिकरूपमा बहन गरेसँगै उहाँले आफूमाथि सबैभन्दा ठूलो दायित्व आएको बताउनुभयो । भावी चुनौती सामना गर्न आफू उत्साहित र आल्हादित भएको पनि उहाँले बताउनुभयो । स्पष्टवक्ता हिप्किन्स कोभिड–१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ । 


देशको सर्वोच्च पदमा पुग्न लागेको खबर सार्वजनिक हुँदा गत हप्ता उहाँले पत्रकारहरूलाई आफूसँग देशवासी परिचित रहेका तथा उनीहरूका कमजोरीप्रति ममता र हाँस्नसक्ने आफ्नो स्वभाव भएको बताउनुभएको थियो ।  विद्यार्थी राजनीतिदेखि नै उहाँ जनतामाझ प्रिय हुुनुहुन्थ्यो । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका  कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उहाँ पक्राउ पर्नुभएको थियो । राजनीतिक टिप्पणीकर्ता जोसे पगानी १४ वर्ष सत्ता र प्रतिपक्षमा बसेका हिप्किन्सलाई ‘व्यावहारिक, आकर्षक, कठोर एवम् सक्षम’ मान्नुहुन्छ । लेबर पार्टीको घट्दो लोकप्रियताका बीच बढ्दो मन्दी तथा पुनः आक्रामक बन्नसक्ने कन्जरभेटिभ विपक्षीलाई व्यवस्थापन गर्नुपर्ने गहन दायित्वमा पुग्नुभएको छ । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो । 

श्रमिकक परिवारको पृष्ठभूमिका नयाँ प्रधानमन्त्रीले सुरक्षा र शिक्षाको जिम्मेवारी सम्हालेर आफ्नो राजनीतिक यात्रालाई निरन्तर अघि बढाउनुभयो र सफलता पनि हासिल गर्नुभयो । तुलनात्मकरूपमा आफू निष्कपट, सबैलाई समान अवसर दिनुपर्ने समावेशी चरित्रको व्यक्ति भएको बताउँने उहाँ आफ्ना मातापिताले आफ्नो र आफ्ना दाजुको पालनपोषण एवम् शिक्षाका निम्ति कठोर परिश्रम गरेको उल्लेख गर्नुहुन्छ । उहाँको खानपानले आफ्ना साथीभाइ र समकक्षीको ध्यान आकर्षित गरेको प्रसङ्ग पनि रोचक छ । एकपटक हिप्किन्सका हाकिमले ‘हिप्किन्सलाई ससेज र डायट कोक भएपुग्छ’ भनेका थिए । 

प्रधामन्त्रीका सम्भावित उम्मेदवार ठानिएकी न्यायमन्त्री किरी अलान हिप्किन्सलाई अविश्वसनीयरूपमा सबल नेता मान्नुहुन्छ । देशलाई हाँक्नसक्ने क्षमता भएको नेताका रूपमा उहाँ  हिप्किन्सलाई चित्रण गर्नुहुन्छ । विगतमा उहाँले गरेका कामको समीक्षा गर्दै न्यायमन्त्रीले त्यसो भन्नुभएको हो । 

साइकल चलाउन र फूलबारीमा काम गर्न रुचाउँने हिप्किन्सले संसद् जाँदा आफूले लगाउने लुगाले वस्त्रप्रतिको आफ्नो चेतना कमजोर भएको पत्रकारमाझ स्वीकार गर्नुभएको थियो । प्रधानमन्त्री आर्डनले पदत्यागको घोषणा गरेपछि पत्रकारमाझ प्रस्तुत हुँदा उहाँले रङ खुईलिएको टोपी, कालो चस्मा र शरीरमा टम्म नमिलेको सर्ट लगाउनुभएको थियो । 

राजधानी वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयमा अपराधशास्त्र र राजनीति अध्ययन गर्नुभएका नवनियुक्त प्रधानमन्त्रीले औद्योगिक प्रशिक्षण क्षेत्रमा केही समय काम गर्नुभएको थियो । सन् २००८ मा संसद् सदस्य हुनुअघि उहाँ शिक्षामन्त्रीका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी