३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरन चेत नभएका सरल नेता न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री

११ माघ २०७९, बुधबार ०८:०४

माघ ११, काठमाडौँ । न्युजिल्याण्डका नयाँ प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्र गर्न नसके पनि उहाँ राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ सुपरिचित हुनुहुन्छ ।

 चवालीस वर्षीय क्रिस हिप्किन्सले बुधबार बिहान २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिकरूपमा बहन गरेसँगै उहाँले आफूमाथि सबैभन्दा ठूलो दायित्व आएको बताउनुभयो । भावी चुनौती सामना गर्न आफू उत्साहित र आल्हादित भएको पनि उहाँले बताउनुभयो । स्पष्टवक्ता हिप्किन्स कोभिड–१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ । 


देशको सर्वोच्च पदमा पुग्न लागेको खबर सार्वजनिक हुँदा गत हप्ता उहाँले पत्रकारहरूलाई आफूसँग देशवासी परिचित रहेका तथा उनीहरूका कमजोरीप्रति ममता र हाँस्नसक्ने आफ्नो स्वभाव भएको बताउनुभएको थियो ।  विद्यार्थी राजनीतिदेखि नै उहाँ जनतामाझ प्रिय हुुनुहुन्थ्यो । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका  कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उहाँ पक्राउ पर्नुभएको थियो । राजनीतिक टिप्पणीकर्ता जोसे पगानी १४ वर्ष सत्ता र प्रतिपक्षमा बसेका हिप्किन्सलाई ‘व्यावहारिक, आकर्षक, कठोर एवम् सक्षम’ मान्नुहुन्छ । लेबर पार्टीको घट्दो लोकप्रियताका बीच बढ्दो मन्दी तथा पुनः आक्रामक बन्नसक्ने कन्जरभेटिभ विपक्षीलाई व्यवस्थापन गर्नुपर्ने गहन दायित्वमा पुग्नुभएको छ । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो । 

श्रमिकक परिवारको पृष्ठभूमिका नयाँ प्रधानमन्त्रीले सुरक्षा र शिक्षाको जिम्मेवारी सम्हालेर आफ्नो राजनीतिक यात्रालाई निरन्तर अघि बढाउनुभयो र सफलता पनि हासिल गर्नुभयो । तुलनात्मकरूपमा आफू निष्कपट, सबैलाई समान अवसर दिनुपर्ने समावेशी चरित्रको व्यक्ति भएको बताउँने उहाँ आफ्ना मातापिताले आफ्नो र आफ्ना दाजुको पालनपोषण एवम् शिक्षाका निम्ति कठोर परिश्रम गरेको उल्लेख गर्नुहुन्छ । उहाँको खानपानले आफ्ना साथीभाइ र समकक्षीको ध्यान आकर्षित गरेको प्रसङ्ग पनि रोचक छ । एकपटक हिप्किन्सका हाकिमले ‘हिप्किन्सलाई ससेज र डायट कोक भएपुग्छ’ भनेका थिए । 

प्रधामन्त्रीका सम्भावित उम्मेदवार ठानिएकी न्यायमन्त्री किरी अलान हिप्किन्सलाई अविश्वसनीयरूपमा सबल नेता मान्नुहुन्छ । देशलाई हाँक्नसक्ने क्षमता भएको नेताका रूपमा उहाँ  हिप्किन्सलाई चित्रण गर्नुहुन्छ । विगतमा उहाँले गरेका कामको समीक्षा गर्दै न्यायमन्त्रीले त्यसो भन्नुभएको हो । 

साइकल चलाउन र फूलबारीमा काम गर्न रुचाउँने हिप्किन्सले संसद् जाँदा आफूले लगाउने लुगाले वस्त्रप्रतिको आफ्नो चेतना कमजोर भएको पत्रकारमाझ स्वीकार गर्नुभएको थियो । प्रधानमन्त्री आर्डनले पदत्यागको घोषणा गरेपछि पत्रकारमाझ प्रस्तुत हुँदा उहाँले रङ खुईलिएको टोपी, कालो चस्मा र शरीरमा टम्म नमिलेको सर्ट लगाउनुभएको थियो । 

राजधानी वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयमा अपराधशास्त्र र राजनीति अध्ययन गर्नुभएका नवनियुक्त प्रधानमन्त्रीले औद्योगिक प्रशिक्षण क्षेत्रमा केही समय काम गर्नुभएको थियो । सन् २००८ मा संसद् सदस्य हुनुअघि उहाँ शिक्षामन्त्रीका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड