११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन [तस्बिरहरू]

११ माघ २०७९, बुधबार ०९:१२

माघ ११, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरबाट 'काठमाडौं अपराइजिङ' नाममा प्रदर्शन सुरु भएको छ ।


नागरिक समाजका अगुवा र युवाहरूले इलामका प्रेमप्रसाद आचार्यको न्याय र उनीजस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन् । उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि बधशाला ?’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका छन् ।


उनीहरूले आचार्यले राखेका २५ बुँदे मागहरू पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताएका छन् ।

आचार्यले मंगलबार अपरान्ह संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । आगोले जलेर अस्पताल पुर्‍याइएका उनको बुधबार बिहान मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु