२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगल छाडेका सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षक

२०७९, ११ माघ बुधबार ११:१६

माघ ११, काठमाडौँ । पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ६८ वर्षीय सान्तोसलाई पोल्याण्डले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

पोल्याण्डको प्रशिक्षकका लागि इंल्याण्डका पूर्व मिडफिल्डर स्टेभन जेरार्डको नाम चर्चामा रहेपनि पोल्याण्ड फुटबल एसोसिएनले सान्तोसलाई प्रशिक्षक बनाएकाे हाे ।

विश्वकपपछि नै पोल्याण्डका मुख्य प्रशिक्षक चेज्ला मिच्नीविजले आफ्नो पद छाडेपछि पोल्याण्डको राष्ट्रिय टोलीको पद रिक्त रहेको थियो ।


जेरार्ड प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट गत अक्टोबरमा बर्खास्त गरेको थियो । सान्तोषले कतार विश्वकपछि पोर्चुगलको टिम छाडेका थिए । सान्तोसले पोर्चुगललाई सन् २०१६ को युरोकप र सन् २०१९ को नेसन्स लिगको उपाधि जिताएका थिए ।

तर पोर्चुगल कतारमा गत डिसेम्बरमा सम्पन्न फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो ।

सान्तोसले प्रशिक्षकको रुपमा कामलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताएका छन् । पोलिस फुटबल महासंघका प्रमुख सेजारी कुलेजाले उत्कृष्ट प्रशिक्षक छनोट गरेको बताएका छन् । अब सान्तोषले सन् २०२४ को जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपसम्म नेतृत्व गर्नेछन् ।

सान्तोसले यसअघि २०१०–२०१४ सम्म ग्रीसको प्रशिक्षक बनेका थिए । उनले ग्रीसलाई युरो र विश्वकपमा छनोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी