११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगल छाडेका सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षक

११ माघ २०७९, बुधबार ११:१६

माघ ११, काठमाडौँ । पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ६८ वर्षीय सान्तोसलाई पोल्याण्डले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

पोल्याण्डको प्रशिक्षकका लागि इंल्याण्डका पूर्व मिडफिल्डर स्टेभन जेरार्डको नाम चर्चामा रहेपनि पोल्याण्ड फुटबल एसोसिएनले सान्तोसलाई प्रशिक्षक बनाएकाे हाे ।

विश्वकपपछि नै पोल्याण्डका मुख्य प्रशिक्षक चेज्ला मिच्नीविजले आफ्नो पद छाडेपछि पोल्याण्डको राष्ट्रिय टोलीको पद रिक्त रहेको थियो ।


जेरार्ड प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट गत अक्टोबरमा बर्खास्त गरेको थियो । सान्तोषले कतार विश्वकपछि पोर्चुगलको टिम छाडेका थिए । सान्तोसले पोर्चुगललाई सन् २०१६ को युरोकप र सन् २०१९ को नेसन्स लिगको उपाधि जिताएका थिए ।

तर पोर्चुगल कतारमा गत डिसेम्बरमा सम्पन्न फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो ।

सान्तोसले प्रशिक्षकको रुपमा कामलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताएका छन् । पोलिस फुटबल महासंघका प्रमुख सेजारी कुलेजाले उत्कृष्ट प्रशिक्षक छनोट गरेको बताएका छन् । अब सान्तोषले सन् २०२४ को जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपसम्म नेतृत्व गर्नेछन् ।

सान्तोसले यसअघि २०१०–२०१४ सम्म ग्रीसको प्रशिक्षक बनेका थिए । उनले ग्रीसलाई युरो र विश्वकपमा छनोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से