१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको ७४औँ गणतन्त्र दिवस मनाइयो

१२ माघ २०७९, बिहीबार ०९:१५

माघ १२, काठमाडौँ | काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।

सम्बोधनमा राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीजीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गर्नुभएको छ । साथै उहाँले जी–२० मा भारतले पाएको अध्यक्षता सिङ्गो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवद्र्धन गर्ने अवसर भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका  परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गर्नुभयो । दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ ।

सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दाहो¥याउँदै, दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२२ पत्रिकाको लोकार्पण गरेको छ । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो