२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्मदाहको केही घण्टाअघि प्रेम आचार्यले रवीन्द्र मिश्रलाई भनेका थिए, ‘आमरण अनशन बस्ने योजनामा छु’

१२ माघ २०७९, बिहीबार १०:२१

माघ १२, काठमाडौँ । आत्मदाह गर्नुभन्दा केही घण्टाअघि प्रेमप्रसाद आचार्यले आफूलाई आमरण अनशन बस्ने योजनामा रहेको सन्देश पठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। 

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार दिउँसो पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका आचार्यलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन। त्यसअघि फेसबुकमा लामो स्टाटस लेखेका आचार्यले आफूलाई पनि सन्देश पठाएको जानकारी राप्रपा उपाध्यक्ष मिश्रले बिहीबार दिएका हुन्। 


‘म आमरण अनशन बस्ने योजनामा छु’– प्रेमजी, तपाईंले अस्ति बिहान मलाई पठाएको सन्देश हो यो’, उपाध्यक्ष मिश्रले बिहीबार फेसबुकमा लेखेका छन्, ‘तर त्यसको केही घण्टाभित्रै दिउँसोसम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ।’

मिश्रले अगाडि भनेका छन्, ‘तपाईंले आत्मदाहपूर्वको पत्रमा उल्लेख गर्नुभएझैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कैयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।’

यस क्रममा उपाध्यक्ष मिश्रले नेपाली समाज इतिहासमै सबैभन्दा बढी ‘पतीत’ भएको दाबी पनि गरेका छन्। 

‘विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरिबीबाट ग्रस्त थियो तर यो तहको ‘पतीतता’ बाट ग्रस्त थिएन’, मिश्रले लेखेका छन्, ‘त्यस्तो ‘पतितता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।’

आचार्यले ऋण तिर्न श्रीमतीलाई सहयोग गरिदिन गरेको अपिलमा आफूले पनि ‘सानो सहयोग’ गर्ने निर्णय गरेको मिश्रले बताएका छन्। साथै उनले देशभित्र र बाहिर रहेका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि अनुरोध पनि गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना