२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी राजाजस्तै भइन् : सुशीला कार्की

२०७९, १२ माघ बिहीबार १०:५२

माघ १२, काठमाडौँ | पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।


उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताए । 

उनले भनिन्– ‘निर्वाचन असल प्रतिनिधि छान्नका लागि हो । राम्रो प्रतिनिधिहरु छान्यौँ । जनताले रुचाएका व्यक्तिहरु छान्यौँ र त्यस्तो व्यक्तिहरु छानिएको अवस्थामा के हुन्छ भन्दाखेरी मुलुकले राम्रो बाटो पाउँछ । निर्वाचनमा बेस्सरी पैसा खर्च गरेर निर्वाचनको अपव्याख्या गरेर त्यस्तो प्रतिनिधि आए भने निर्वाचनको कुनै अर्थ रहँदैन । र देशको शासन पनि त्यस्तै भएर जान्छ । तर यस वर्षको निर्वाचनबाट के देखिएको छ भने हाम्रो नातिनी उमेरकाहरु अहिले देखा परे । थोरै रुपमा मुठीभरमा थोरै युवा र युवतीहरु देखा परेका छन् अहिले । त्यो प्रयास भएको छ । पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको अवस्था छ । राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज । राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु राजै जस्तो भए । यो मानसिकता जाने भनेको यही चुनावले हो ।’

उनले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताइन् । निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी