१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन

१३ माघ २०७९, शुक्रबार ०६:३८

माघ १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको राजीनामा माग्दै शुक्रबार बिहान पुत्ला जलाएको छ। शिक्षामन्त्री खनालले निजी विद्यालयलाई पोसेको, गरिब डसेको आरोप लगाउँदै उनको पुत्ला जलाइएको हो। 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई दिने शिक्षामन्त्री खनालले निर्णय गरेपछि विद्यार्थी संगठन विरोधमा उत्रिएको हो।

निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खान यस्तो निर्णय गरेको र यसले झनै विद्यार्थीलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था सिर्जना गर्न खोजेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले दाबी गरे। उनले मन्त्रीको निर्णय आफूहरुले स्वीकार्न नसक्ने बताए।


प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि एकीकृत समाजवादीका विद्यार्थी नेताहरु जुलुससहित मन्त्री खनालको पुत्ला जलाउँदै नाराबाजी गरेका थिए। उनीहरुले शिक्षामन्त्री खनाल भ्रष्ट भएको आरोप लगाएका छन्। 

अध्यक्ष पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो