९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय जिम्मेवारीमा मुख्यमन्त्री यादवले विश्वासघात गरे : मन्त्री कुशवाहा

१३ माघ २०७९, शुक्रबार ०९:४८

माघ १३, काठमाडौँ | मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले आफूले पाउने मन्त्रालयको टुंगो लागे पनि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासघात गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री कुशवाहाले मुख्यमन्त्री यादवले दलहरूको संयुक्त छलफलबाट तीनैजना विनाविभागीय मन्त्रीलाई मन्त्रालय बाँडफाँट गरेर त्यसको तयारीमा रहेको अवस्थामा मन्त्रालयको विषयमा औपचारिक पत्रमा आफूले अलग मन्त्रालयको जिम्मेवारी पाउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । 


उनले भने, ‘छलफलबाट मैले सामाजिक विकास मन्त्रालय पाउने सहमति भइसकेको थियो । सोहीअनुरूप त्यसको अध्ययन र भावी रणनीतिका लागि तयारी पनि गरिसकेको थिएँ । तर, दुई सातापछि मलाई अलग्गै मन्त्रालय दिइएको छ ।’

हुन त जनमतले कृषि मन्त्रालय पनि मागेकोले आफूले यो मन्त्रालय पनि सहर्ष स्विकार गरेको कुशवाहाले बताए । आफूहरूको सामाजिक विकास मन्त्रालयप्रतिको दाबी अहिले पनि जारी नै रहेको र नदिएको खण्डमा सरकारमा रहने या नरहने कुरा पार्टीले छलफल गर्ने उनले बताए ।  

मन्त्री कुशवाहाले किसानको हितका लागि आफ्नो पार्टीले विगतमा आन्दोलन पनि गरेको र अहिले पनि जारी रहेको अवस्थामा आफ्नो पहिलो प्राथमिकता ती बुँदाहरुलाई कार्यान्वयन गर्नु रहेको बताए । किसान आन्दोलनमा उठान गरिएका मुद्दाहरूलाई अक्षरशः पालना गर्न र गराउनका लागि संघीय मन्त्रालयसँग पनि कुराकानी गरी कार्यान्वयन गराएर छाड्ने उनले प्रतिवद्धता जनाए । 

उनले भने, ‘म काम गर्ने व्यक्ति हुँ । हुनसक्छ कार्यालय समयमा मैले कसैको फोन पनि उठाउन सक्दिन । तर, जनतालाई जनमत पार्टीले गरेको प्रतिवद्धता पूरा गराउन हरदम तयार रहने छु ।’

मन्त्री कुशवाहाले वीरगञ्जमा व्यापक मल रहेको कुरा आफूलाई थाहा भएको र सो मल प्रदेशभरिका किसानलाई उपलब्ध गराउनका लागि पहल सुरु गरेको समेत बताए । पदभार ग्रहण गर्दै उनले किसानलाई मल उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता रहने बताए ।  

मुख्यमन्त्री यादवसँगै २९ पुसमा विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका कुशवाहाले यसअघि सामाजिक विकास मन्त्रालय पाउने पक्कापक्की भएको भन्दै सोहीअनुसार क्वाटर पनि प्रयोग गर्न थालेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो