१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी

१४ माघ २०७९, शनिबार ११:५९

माघ १४, पर्वत | स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ । 

पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताउनुभयो । 

मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताउनुभयो । 

वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उहाँको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उहाँको जिकिर छ । सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाउनुभयो । 

उहाँले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भैसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताउनुभयो । उहाँले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभुत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिइ समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उहाँको भनाइ छ । 

मन्त्री गिरीले विगत सात दशकदेखि बन्द रहेको तत्कालीन फलामखानी गाविसमा रहेको फलामखानीको पुनः उत्खनन्का लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउँदै फलामखानी उत्खनन् गर्न सकेमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री गिरीले अघिल्लो संसदको कार्यकालमा पर्वतका सबै पालिकामा कालोपत्रे सडक सुविधा पु¥याएको बताउँदै अबको पाँच वर्षमा जिल्लाका ६१ वटै वडाका केन्द्रमा कालोपत्रे सडक पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । त्यसैगरी एक घर एक धारा खानेपानी, सिँचाई, स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शिक्षा विस्तारमा समेत सक्रिय रहने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह