१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने एकदुई दिनमा पुन: गृहमन्त्रालयमा फर्कने सम्भावना

१५ माघ २०७९, आईतवार ०१:२१

माघ १५, काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुन:प्राप्तिसंगै गृहमन्त्री हुने चर्चा गरिएको छ । त्यसो त लामिछानेले नागरिकता पुनर्प्राप्तिको प्रक्रिया थालिहाल्ने स्रोतले बताएको छ । 

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गुमेको अवस्था छ । यस्तो अवस्थामा उनले नागरिकता पुनर्प्राप्तिको लागि सहज अवस्था छ ।

उनले अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासन स्रोतले बताएको छ । नागरिकताको बैद्द्तासँगै लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति हुनेछन् । र चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन समेत उनलाई कुनै समस्या पर्दैन ।

त्यसो त उपनिर्वाचन अगावै उनि गृहमन्त्रीमा नियुक्त हुने बाटो समेत छ । लामिछानले नागरिकता पाएसंगै उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन समेत सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आएमा उनि सांसद बन्छन् र गृहमन्त्रीमा निरन्तरता पाउँछन् । 

नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । गत निर्वाचनमा भारी मतान्तरले प्रतिष्पर्धीहरुलाई पराजय गर्दै जित निकालेका लामिछानेले उपनिर्वाचन भएर फेरी उम्मेदवार बने चितवन–२ मा जित हासिल गर्न झनै सहज अवस्था भएको विश्लेषण गरिएको छ । 

सत्ता गठबन्धनका नेताहरु समेत रविले नेपाली नागरिकता लिएपछि पुनः गृह मन्त्रालयमै फिर्ता हुने विषयमा सकारात्मक रहेको अवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक छन् । त्यसो त लामिछाने पार्टीबाट बाहिरिए पनि रास्वपामा लामिछानेकै कुरा चल्छ । यो अवस्थामा लामिछानेलाई नै गृहमन्त्री पद दिन समर्थकहरुको समेत सरकार बिरुद्ध संघर्ष रहेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो