९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनविरुद्ध सुमन सायमी, आज माइतीघर मण्डलामा प्रदर्शन गरिने

१५ माघ २०७९, आईतवार ०६:४२

माघ १५, काठमाडौँ | निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कदमविरुद्ध आज दिउँसो २ बजे विरोध प्रदर्शन गरिने भएको छ । 

उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो । समितिका संयोजक सुमन सायमीकाअनुसार बालेनलाई सचेत बनाउन दबाबस्वरुप प्रदर्शन गर्न लागिएको हो । सडक विस्तारका नाममा जथाभावी निजी जग्गामा डोजर चलाउनु, गहन अध्ययन अनुसन्धान नहुँदा सहरी सुव्यवस्था खलल हुनेलगायत विषयलाई लिएर विरोध गर्न लागिएको उनले बताए । 


मेयर बालेनले निजी जग्गामा डोजर चलाउँदा स्थानीय मारमा परेको समितिको भनाइ छ । महानगरले यसअघि वडा नम्बर ३१ शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिना सूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो । 

सम्पतिको हक हनन गरेको भन्दै स्थानीयले आपत्ति जनाउँदै आएका छन् । संयोजक सायमी बालेनका चुनावी प्रतिस्प्रर्धी हुन् । सायमीले चुनाव हारेपछि बालेनको विजय र्‍यालीमा सहभागी भएका थिए । महानगरको काममा सघाउ पुर्‍याउने भन्दै बालेनसँग सायमीले सम्झौता गरेका थिए । तर बालेनले गतल काम गरेकाले आफू संघर्षमा उत्रनु परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो