९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने

१५ माघ २०७९, आईतवार ०७:०९

माघ १५, काठमाडौं । डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो ।

मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) पुनः सञ्चालनमा आउने विमानस्थल प्रवक्ता सुवास झाले बताएका छन्।

गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो । त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन ।


प्रवक्ता झाले मौसममा सुधार आएसँगै फेब्रुअरीबाट पुनः उडान सुरु गर्ने छलफल भएको बताए । उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो । यो कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ । गत नोभेम्बर ३ तारिखबाट भैरहवाबाट मलेसिया उडान गरेको हिमालय एयरलाइन्सले पनि बन्द छ ।

भारत सरकारले जडान भइसकेको आइएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो ।जेठ २ मा सुरु भएको यो विमानस्थलमा सबै सुविधा नहुँदा समस्या परेको विमान कम्पनीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो