९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता आजै प्राप्त गरे गृह मन्त्रालयमा रवि लामिछानेलाई पठाउने पार्टीको तयारी

१५ माघ २०७९, आईतवार ०७:२०

माघ १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले गृह मन्त्रालयको नेतृत्व आफ्नै दलले लिनुपर्ने अडान लिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद हुन अयोग्य ठहर गरेको थियो । अदालतको आदेशबमोजिम लामिछाने सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । अदालतले लामिछानेको दुवै पद खारेज गरिदिएपछि सो दलमा सन्नाटा छाएको थियो ।


लामिछानेले एकैपटक तीन महत्वपूर्ण गुमाएका थिए । उनी सबैबाट पदमुक्त भएपछि पार्टीले कार्यावाहक सभापतिमा भने डिपी अर्याललाई नियु्क्त गरेको छ । रविलाई अदालतले नागरिकता पूनः प्राप्ति गर्न भनेको छ । अहिले यो समाचार तयार पार्दै गर्दा लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता पूनः प्राप्तिको लागि पुगेका छन् । उनले आजै नागरिकता पाउने सरकारी अधिकारीहरुको दाबी छ ।

उनले आजै नागरिकता प्राप्त गरे आफ्नो दलले पाएको गृहमन्त्रालयमा पूनः लामिछानेलाई नै पठाउने सो दलका नेताहरुको तयारी छ । संविधानतः सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्दा कुनै आपत्ति हुने छैन् । सो दलले चितवन–२ मा हुने उपनिर्वाचनमा पूनः रविलाई नै उठाउने तयारी गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन राजी भएका छन् । सम्भवतः आजै लामिछाने गृहमन्त्रीमा नियुक्त हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री दाहालसँग लामिछानेले आज नागरिकता प्राप्त गरेपछि भेट्ने कार्यतालिका रहेको छ । नागरिकता प्राप्त गरेपछि भने लामिछाने पार्टीको सभापतिमा नियुक्त हुनेछन् । उनी गृहमन्त्रीमा नियुक्त भए जतिसक्दो चाँडो चितवन–२ मा उपनिर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो