१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयमा फर्किन रवि लामिछानेको दौडधुप

१६ माघ २०७९, सोमबार ०६:२५

माघ १६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् ।  शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए । जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका थिए । 

तर, आइतबार  लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै पुनः गृहमन्त्री बन्न दौडधुप थालेका हुन् । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् । 


लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । ‘उहाँ नेपाली नागरिकता प्राप्त गरेपछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किसक्नु भएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अब सभापतिज्यूले प्रधानमन्त्रीज्यूलाई पुरानै जिम्मेवारीमा फर्काउन भूमिका खेल्नुपर्‍यो भनेर प्रस्ताव गर्नु भएको छ ।’ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन सत्ता साझेदार दलले भूमिका खेल्नुपर्ने ती केन्द्रीय सदस्यले जिकिर गरे ।

उसो त आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमा पार्टीको दाबेदारी कायम रहेको निष्कर्ष निकालेको थियो । बैठकपछि प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने बैठकको निष्कर्ष रहेको र सोहीअनुसार सभापति लामिछानेले दलहरूसँग संवाद गर्ने  बताएका थिए । 


लामिछानेले प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले  भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई ओलीले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा हुन्छ भन्ने आशयको विचार राखेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले भने तत्काल लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन नहुने धारणा राखेको सचिवालयका ती सदस्यले बताए । 

आफ्नो पक्षमा माहौल बनाउन लामिछानेले आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । राति उनी ओलीलाई भेट्न भेट्न बालकोट पुगेका थिए । ओलीसँगको भेटमा पनि उनले गैरसांसदको रूपमा मन्त्री बनाउनका लागि भूमिका खेल्न आग्रह गरेको बताइएको छ । 

जस्तोसुकै अवस्था आए पनि पुनः उपप्रधानमन्त्रीसहित गृहमा आफू फर्किनुपर्ने अडान लामिछानेले ओलीसामु राखेका थिए ।  उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा नफर्काए सरकारबाट बाहिरिनेसम्मको चेतावनी सत्ता साझेदार दललाई दिएको बताइएको छ ।  

तर, नागरिकता र पासर्पोटसम्बन्धी गम्भीर विषयमा लामिछाने मुछिएकाले जिम्मेवारीमुक्त हुने बित्तिकै उनलाई पुनः पुरानै जिम्मेवारीमा फर्काउँदा बाहिर राम्रो सन्देश नजाने प्रचण्डको बुझाइ छ । यसैबिच माओवादी केन्द्रले सोमबारका लागि पदाधिकारी बैठक समेत बोलाएको छ । स्थायी कमिटी बैठक स्थगित गरेर राखिएको सो बैठकमा लामिछानेको विषयमा छलफल हुने एक नेताले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो