२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयमा फर्किन रवि लामिछानेको दौडधुप

२०७९, १६ माघ सोमबार ०६:२५

माघ १६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् ।  शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए । जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका थिए । 

तर, आइतबार  लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै पुनः गृहमन्त्री बन्न दौडधुप थालेका हुन् । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् । 


लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । ‘उहाँ नेपाली नागरिकता प्राप्त गरेपछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किसक्नु भएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अब सभापतिज्यूले प्रधानमन्त्रीज्यूलाई पुरानै जिम्मेवारीमा फर्काउन भूमिका खेल्नुपर्‍यो भनेर प्रस्ताव गर्नु भएको छ ।’ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन सत्ता साझेदार दलले भूमिका खेल्नुपर्ने ती केन्द्रीय सदस्यले जिकिर गरे ।

उसो त आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमा पार्टीको दाबेदारी कायम रहेको निष्कर्ष निकालेको थियो । बैठकपछि प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने बैठकको निष्कर्ष रहेको र सोहीअनुसार सभापति लामिछानेले दलहरूसँग संवाद गर्ने  बताएका थिए । 


लामिछानेले प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले  भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई ओलीले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा हुन्छ भन्ने आशयको विचार राखेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले भने तत्काल लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन नहुने धारणा राखेको सचिवालयका ती सदस्यले बताए । 

आफ्नो पक्षमा माहौल बनाउन लामिछानेले आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । राति उनी ओलीलाई भेट्न भेट्न बालकोट पुगेका थिए । ओलीसँगको भेटमा पनि उनले गैरसांसदको रूपमा मन्त्री बनाउनका लागि भूमिका खेल्न आग्रह गरेको बताइएको छ । 

जस्तोसुकै अवस्था आए पनि पुनः उपप्रधानमन्त्रीसहित गृहमा आफू फर्किनुपर्ने अडान लामिछानेले ओलीसामु राखेका थिए ।  उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा नफर्काए सरकारबाट बाहिरिनेसम्मको चेतावनी सत्ता साझेदार दललाई दिएको बताइएको छ ।  

तर, नागरिकता र पासर्पोटसम्बन्धी गम्भीर विषयमा लामिछाने मुछिएकाले जिम्मेवारीमुक्त हुने बित्तिकै उनलाई पुनः पुरानै जिम्मेवारीमा फर्काउँदा बाहिर राम्रो सन्देश नजाने प्रचण्डको बुझाइ छ । यसैबिच माओवादी केन्द्रले सोमबारका लागि पदाधिकारी बैठक समेत बोलाएको छ । स्थायी कमिटी बैठक स्थगित गरेर राखिएको सो बैठकमा लामिछानेको विषयमा छलफल हुने एक नेताले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी