२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय रोडिजको पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने

२०७९, १६ माघ सोमबार ११:१८

माघ १६, काठमाडौँ | टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सिजन-५ को औपचारिक घोषणा समेत भयो ।


आफूलाई होस्टको रुपमा परिचय दिंदै ठकुरीले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइजको ट्रेण्ड छ । पहिलेदेखि नै यसको एक हिस्सा बन्न सकूँ भन्ने लागेको थियो । २२ वर्ष भयो टेलिभिजनमा काम गरेको । अहिलेसम्म आफैंले जन्माएको शो मात्र गरें । अब भने अरुकै निर्देशनमा काम गर्नेछु ।’

आफ्नो बुद्धि, ध्यान र मन यो कार्यक्रममा लगाउने भन्दै उनले रोडिजको नयाँ सिजनलाई चुनौतीको रुपमा लिएको बताए । पत्रकार सम्मेलनमा शो निर्देशक सिमोस सुनुवारले ठकुरीसँग काम गर्नुलाई आफ्नो भाग्यको रुपमा लिए । आफूहरुको मित्रता २० वर्षदेखिको बताउँदै सुनुवारले ठकुरीको प्रशंसा गर्दै भने, ‘उसको विश्वसनीयता, ट्वीस्ट एण्ड टन्र्स राम्रो छ ।’ हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी